दार्जीलिङ: तयार गरिएको जीटीए सभाको नियमको कतिपय बुँदाहरूमा संशोधन गरिनु पर्ने सुझाव दिन्दै हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवर्डले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानलाई पत्र पठाएका छन्। गत केही दिन अघि जीटीए सभाको तेस्रो सभा डाकिएको थियो। उक्त सभामा जीटीए सभाको सञ्चालन आदि जस्ता विषयहरूमाथि तयारी गरिएको एक नियम पत्र निर्वाचित सभासदहरूको हात हातमा सुम्पिएका थिए अनि तयार गरिएको नियम पत्रको बुँदाहरूको अध्ययन गरेर २५ अप्रेलभित्रमा सुम्पिने अनुरोध गरिएको थियो।आज हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले हाम्रो पार्टीको सभासदहरूको पक्षबाट एउटा सुझाव पत्र जीटीएको चेयरम्यान अञ्जुल चौहानलाई पठाएका छन्। सुझाव पत्रमा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले तयार गरिएको जीटीए सभाको नियमको धेरै बुँदाहरूमा संशोधन गर्ने सुझाव दिएको जानकारी प्राप्त भएको छ।