खरसाङ क्षेत्रका पञ्चायत क्षेत्रहरूमा पोस्टरिङ गर्दै भागोप्रमोद्वारा पञ्चायतीराज दिवस पालन

IMG-20230424-WA0326.jpg

खरसाङ: खरसाङ क्षेत्रको पञ्चायत क्षेत्र अन्तर्गत विभिन्न गाउँहरूमा पञ्चायतीराज दिवस पालन गरिएको छ। उक्त पञ्चायतीराज दिवसको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले विभिन्न स्थानहरूमा पोस्टरिङ गरेर पञ्चायतीराज फर्काएको ल्याएको दाबी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले विभिन्न स्थानहरूमा पोस्टरिङ गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावको समय चुनाव घोषणा पत्रमा पञ्चायत व्यवस्थालाई फर्काई ल्याउने वाचा गरेका थिए अनि त्यही अनुरूप अबको केही महिनामा पहाड़मा पञ्चायत चुनाव हुने भन्दै अब हरेक पञ्चायत क्षेत्रका जनताले सरकारी सहुलियतहरू पाउने दाबी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पार्टी अध्यक्ष अनित थापाको पहलमा पहाड़मा पञ्चायत व्यवस्था फर्किएको भन्दै पोस्टरिङ गरेका छन्। उक्त पोस्टरहरूमा ‘हामीले फर्कायौं पञ्चायती राज, अब जनताको स्वराज’ भनी लेखेका छन्। पञ्चायतीराज दिवसको अवसरमा खरसाङका विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव एंव भागोप्रमोको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले देशभरिमा २४ अप्रेलको दिन पञ्चायतीराज दिवस पालन गर्ने गरिन्छ अनि यता जीटीए क्षेत्रका पञ्चायत क्षेत्रहरूमा पनि पञ्चायतीराज दिवस पालन गरिएको बताउँदै यसै अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तर्फबाट खरसाङको पञ्चायत क्षेत्रहरूमा पोस्टरिङ गरिएको जानकारी गराएका छन्।

उनले यस विषयमा भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए चुनावको समय चुनाव घोषणा पत्रमा पञ्चायत व्यवस्थालाई फर्काई ल्याउने वाचा गरेका थिए अनि त्यही अनुरूप अबको केही महिनामा पहाड़मा पञ्चायत चुनाव हुने देखिएको छ। यो पार्टी अध्यक्ष अनित थापाको सकारात्मक पहलको कारण हो। त्यसैले हामीले ‘हामीले फर्कायौं पञ्चायती राज, अब जनताको स्वराज’ लेखेका पोस्टरहरू विभिन्न स्थानहरूमा टाँसेर पञ्चायत व्यवस्था विषयमा जनसाधारणलाई सचेतना गराएका छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement