चितुवा पिञ्जड़ामा, उद्धार पश्चात छोडियो कोर जंगलमा

16187b1e-a5b5-4059-87bb-7c03c4eec8ca

कालचिनीः लगातार चियाबारीको सेक्सनहरूमा बन विभागगद्वारा लगाईएको फलामे पिञ्जड़ामा चितुवा फस्ने क्रम जारिरहेको छ। यसबीच मेचपाड़ा ८ नम्बर, भातखावा, अठियाबारीबाट ठूला ठूला चितुवाहरू बन विभागले उद्धार गर्दै जंगलमा छोड़ी सकेका छन् भने आज पुनः कालचिनी खण्डको भाटपाड़ा चियाबारीको २३ नम्बर सेक्सनमा गत एक सप्ताह अघि राखिएको फलामे पिञ्जड़ामा सोमबार एउटा विराट आकारको पूर्ण वयस्क नर चितुवा थुनवामा परेको थियो। घटनाको जानकारी पाउनसाथ बक्सा ब्याघ्र प्रकल्प पश्चिम अन्तर्गत पाना रेञ्जका बनकर्मीहरू घटनास्थलमा पुगेर उक्त थुनामा परेको चितुवालाई सकुशल उद्धार गरेर राजाभातखावा भेटेरनरीमा लगी चितुवालाई प्राथमिक चिकित्सा गरेको थियो।


उपचार पश्चात सो चितुवालाई बक्सा जंगलको कोर क्षेत्रमा लगेर छोड़ी दिएको बक्सा ब्याघ्र प्रकल्प सुत्रले जानकारी गराएका छन्। यता भाटपाड़ा चियाबारीको सिनियर म्यानेजर एसके पाण्डेले कमानमा लगातार चितुवाको उपस्थिति रहेकोले यसबाट श्रमिकहरूलाई सुरक्षित राख्न बन विभागलाई भनेर कमानको सम्भावित सेक्सनहरूमा पिञ्जड़ा राख्ने व्यवस्था गर्दा सोमबार पिञ्जड़ामा ठूलो चितुवा फसेकोले केही राहत पाएको जनाएका छन्। अझै अन्य सेक्सनहरूमा पनि पिञ्जड़ा राख्ने निवेदन बन विभागलाई गरिएको सिनियर म्यानेजर एसके पाण्डे र भाटपाड़ा बी डिभिजनका ईञ्चार्ज प्रशान्त लिम्बुले थप जनाएका छन्।

About Author

Advertisement