जीर्णवस्थामा रहेको घरमा असक्षम दम्पति बस्न बाध्य छन्

IMG-20230424-WA0142.jpg

गोरुबथान (महेश्वर प्रधान): निम्बोङ ग्राम पञ्चाय अन्तर्गत छेत्रीझोडा गाउँमा एक दम्पति रुग्ण अवस्थामा जीवन बिताइरहेका छन्। छत्रपति शर्मा(७०) र उनको श्रीमती अमिता शर्मा सानो कटेरा जस्तो घरमा जीवन धानी रहेका छन्। घरका भित्ताका पुराना काटहरु धमिरा लागेर भत्किसकेको छ। घरभित्र दुईचार वटा भाडा बटुको, मक्किसकेको खम्बा, भत्किसकेको बार,आकश देख्ने छानो छ।यस्तो घरमा बस्न बाध्य यी दम्पति शारीरिक रुपमा असक्षम पनि छन्।हावा पानी थेग्न नसक्ने यो घरले यी दम्पतिलाई कुनै दिन थिचेर ठुलो दुर्घटना पनि हुन सक्दैन भन्न सकिन्न। यी सबै दृश्यले हर कोहीलाई भावुक बनाउछ। आफू ८०% शारीरिक अशक्त भएता पनि अझैसम्म कुनै सरकारी सहुलियत नपाएको उनले बताएका छन्। यो झुप्रोको मरमत्ति गर्न आफुहरुले नसक्ने तर कसैको सहयोग पाए झुप्रो घरलाई मरमत्ति गरेर नयाँ घरमा बस्ने सक्ने थिए उनी भन्छन्। समबन्धित निकाय,क्षेत्रिय दलहरु, सामाजिक संघ संस्था तथा उदार ह्रदयका धनी समक्ष यो खबर पुगिदियोस र यी दम्पतिले रहल जीवन राम्रो घरमा बिताउन सकोस भन्ने हाम्रो विचार रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement