अपोलो क्लिनिक सिलगढीका डाक्टरहरूले गरे १०० जनाको स्वास्थ्य जाँच
खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १० को खरसाङ गान्धी ग्राम कल्याण समितिले आफ्नो क्षेत्रमा विभिन्न किसिमले सामाजिक कार्यहरू निरन्तर गर्दै आइरहेको छl यस्तै सामाजिक कार्यहरूको क्रममा सर्वसाधारणलाई स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराउने उत्कृष्ट कार्यमा समितिले सक्रियता अपनाएको छl आइतबार (२३ अप्रेल) खरसाङ गान्धी ग्राम कल्याण समिति वार्ड नम्बर १० को समाज भवनमा अखिल भारतीय मारवाडी युवा मञ्च खरसाङको सहयोगमा ‘मेगा स्वास्थ्य शिविर’को आयोजना गर्यो।

यस स्वास्थ्य शिविरमा अपोलो क्लिनिक सिलगढीबाट अर्थोपेडिक (हड्डी), छाला, दन्त चिकित्सक र जेनरल फिजिशियन चार जना डाक्टरहरू आएका थिएl यस मेघा स्वास्थ्य शिविरमा करिब एक सय जना मानिसहरूले स्वास्थ्य जाँच गराएl यस शिविरमा डाक्टरहरूले निर्धारित गरेका औषधीहरू नि:शुल्क वितरण गरियो भने रक्तचाप पनि जाँच गरियो। लाभार्थीहरूबाट उठाइएका पंजिकरण शुल्कहरू अखिल भारतीय मारवाडी युवा मंच खरसाङलाई हस्तान्तरण गरियो। शिविरमा अध्यक्ष पेमा लामा, सचिव छेडुप जिम्बा, सल्लाहकारहरू सोनम ग्याल्बो लामा, फुर्वा छिरिङ योल्मो, र डोल्मा योल्मो जिम्बा थिए भने साथमा दार्जीलिङ चाइल्डलाइन खरसाङ उपकेन्द्रको विशेष उपस्थिति रहेको थियोl खरसाङ गान्धी ग्राम कल्याण समितिले आफ्नो क्षेत्रमा विभिन्न किसिमका सामाजिक जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने गरेको छl

