सुडानबाट साउदी अरेबियाले धेरै राष्ट्रका ६६ नागरिकलाई स्वदेश फर्कायो

00-Salman-Saudi-Arab

सुडानमा सेना र अर्धसैनिक बलहरूबीचको हिंसापछि साउदी अरबको विदेश मन्त्रालयले शनिबार आफ्ना र १२ मित्र राष्ट्रका धेरै नागरिकलाई सुडानबाट निकालिएको जनाएको छ। साउदी अरेबियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सुडानबाट निकालिएका व्यक्तिहरूमा सामान्य नागरिकबाहेक कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय अधिकारीहरू पनि रहेको बताइएको छ। साउदी अरबको विदेश मन्त्रालयको विज्ञप्ति अनुसार सुडानबाट निकालिएकामा साउदी अरेबियाका ९१ नागरिक र सहयोगी तथा मित्र राष्ट्रका ६६ जना नागरिक रहेका छन्।

मित्र राष्ट्रमा १२ देशका नागरिक छन्। यी देशहरू हुन्- कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बंगलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासो। यो पनि भनिएको छ, ‘साउदी अरेबियामा यी मानिसहरूलाई आफ्नो देश जानका लागि आवश्यक सबै साधनहरू उपलब्ध गराइएको छl’ विज्ञप्तिमा भनिएको छ, ‘सुडानबाट मानिसहरूलाई बाहिर निकाल्ने अभियान साउदी अरबको नौसेनाले गरेको थियो, जसमा विभिन्न सैन्य संगठनहरूले पनि सहयोग गरेका थिएl’     

About Author

Advertisement