सीबीआई को तलाशीपछि तृणमूल विधायक तापसले पार्टी विरूद्ध आक्रोश व्यक्त गरे

76de18287bba077843ca43a4bdcd319b168214517177319_original.jpg

कोलकाता: भर्ती भ्रष्टाचार मामिलामा नाम आएदेखि तृणमूल विधायक तापस साहाले पार्टी विरुद्ध खोल्लेर बोल्नु शुरू गरेका छन्। सीबीआई तलाशीपछि आइतवार विधायक तापस साहाले पार्टी विरूद्ध आक्रोश व्यक्त गरेका छन्। यद्यपि, उनले स्पष्ट गरे, पार्टी उनको पक्षमा होस् न होस् उनी आफ्नो तरीकाले चुनाउ लड्नेछन्। उनको यस बयानले राजनीतिक खेमामा हलचल मचेको छ।उनले कहिले भन्छन्, ममता ब्यानर्जी बाहेक पार्टीमा कुनै महत्वपूर्ण छैन त कहिले भर्ती भ्रष्टाचार मामिलामा तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेकको नाम लिईरहेका छन्। भर्ती भ्रष्टाचार मामिलामा शुक्रवार सीबीआईले विधायक तापस साहाको घरको तलाशी लियो। तलाशी अभियान १५ घण्टासम्म चल्यो । यस तलाशीपछि विधायक तापसले आइतवार फेरि पार्टी विरूद्ध रोष व्यक्त गरे। आक्रोश व्यक्त गर्दै विधायकले भने, म पार्टीको कार्यकर्ता हुँ। म केवल यही आशा गर्दछु कि संकटको समय अधिकारीले मेरो मद्दत गर्नेछन् तर मैले आफूसित कसैलाई पाइन। जिल्लामा कसैसित सम्पर्क गर्ने कुनै फायदा छैन कसैसित समय छैन। हरेक आफैमा व्यस्त छ। पंचायत चुनाउलाई लिएर उनले भने, चुनाउको कसैलाई परवाह छैन। सिस्टम राम्रो छैन। कसैले प्रचार गरिरहेको छैन। म तेहट्ट विधानसभामा पार्टीको अनुहार सुरक्षित राख्नेछु। मलाई थाहा छैन, कहाँ के हुनेछ।
तापस साहाको टिप्पणीहरूबारे तृणमूल सांसद शान्तनु सेनले भने, पार्टी एक संयुक्त परिवार हो। टीमसित एक प्रोटोकल छ। यदि उनलाई केही भन्नुछ भने समूहमा भनुन्। मानिसहरूले ममता ब्यानर्जीको कारण तृणमूललाई माया गर्छन्, यदि कसैले यो उनको कारणले हो वा त्यो पार्टी जित्नेछ भनी सोच्छ भने त्यो गलत विचार हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement