एक व्यक्तिको मृतदेह वशिष्ठ नदीमा भेटियो

IMG-20230410-WA0169.jpg

गुवाहाटी: गुवाहाटीको लताकाटा क्षेत्रमा एक व्यक्तिको मृतदेह भेटिएको छ तर सो मृतदेहको पहिचान भने अहिलेसम्म हुन सकेको छैन। लताकाटा स्थित वशिष्ठ नदीमा आज एक मृतदेह तैरिरहेको देखेपछि स्थानीय मानिसहरूले पुलिसलाई यसको सूचना दिए। घटनास्थलमा पुगेको पुलिसले मृतदेहलाई पोस्टमार्टमको निम्ति अस्पतालमा पठायो। पुलिसले कसैले व्यक्तिको हत्या गरी उसलाई नदीमा फ्याँक्यो या फेरि व्यक्तिको मृत्यु चिप्लेर नदीमा झर्दा भयो, यसको जाँच गरिरहेछ।

About Author

Advertisement