हिसार (हरियाणा)ः राष्ट्रपति द्रौपदी मुर्मू सोमवार आयोजना भइरहेको हरियाणा कृषि विश्वविद्यालय (एचएयू)-को दीक्षान्त समारोहमा उपस्थित रहनेछन्। समारोहका तयारीहरू पूरा भइसकेका छन्। राष्ट्रपतिको आगमनलाई ध्यानमा राखेर एचपीयू सहित वरपरका क्षेत्रहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। कुलाधिपति एवं राज्यपाल बंडारू दत्तात्रेयको अध्यक्षतामा सम्पन्न हुने उक्त समारोहमा राष्ट्रपति मुर्मू मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। यसरी नै अति विशिष्ट अतिथिमा मुख्यमन्त्री मनोहर लाल तथा विशिष्ट अतिथिमा कृषिमन्त्री जेपी दलाल उपस्थित रहनेछन्। एडीजीपी श्रीकान्त जाधव सहित राष्ट्रपति भवनका अधिकारीहरूको एक दलले कार्यक्रम स्थल सहित वरपरको निरीक्षण गरेको छ। एचएयूमा बिहान तथा साँझ घुम्न आउने मानिसहरूको प्रवेशमा रोक लगाइएको छ। राष्ट्रपति लगभग सवा एक बसे हेलिकप्टरको माध्यमबाट कार्यक्रम स्थलमा पुग्नेछन् जहाँ उनको स्वागत राज्यपाल, मुख्यमन्त्री मनोहर लाल एवं अन्यले गर्नेछन्। दीक्षान्त समारोहको मञ्चमा चारवटा कुर्सीहरू राखिनेछ। कोरोना टेस्ट नगरी विद्यार्थीहरूलाई प्रवेश गर्न दिइनेछैन।
दीक्षान्त समारोहमा ८६५ स्नातकहरूलाई उपाधि प्रदान गरिनेछ। ०१ अगस्त, २०२१ देखि ३० सेप्टेम्बर, २०२२ अवधि शिक्षा पूरा गरिसकेका विद्यार्थीहरूमध्येबाट २९० स्नातक, ४४७ स्नाताकोत्तर तथा १२८ डाक्टरेटको उपाधि प्रदान गरिनेछ। यस अतिरिक्त श्रेष्ठ प्रदर्शन गर्ने १२४ विद्यार्थीहरूलाई स्वरण पदक प्रदान गरिनेछ। विद्यार्थीहरूको लागि ड्रेस कोड निर्धारित गरिएको छ। हिसारमा १५ वर्षपछि र एचएयूमा २१ वर्षपछि राष्ट्रपतिको आगमन भइरहेको छ। हिसारमा १९ अप्रेल, २००३-मा एचएयूको दीक्षान्त समारोहमा तत्कालीन राष्ट्रपति डा. एपीजे अब्दुल कलाम उपस्थित भएका थिए। त्यसपछि १७ अक्टुबर, २००८-मा तत्कालीन राष्ट्रपति प्रतिभा देवी पाटिलको हिसारमा आगमन भएको थियो। हिसार पुग्ने द्रौपदी मुर्मू तेस्रो राष्ट्रपति हुन्। राष्ट्रपतिले अपरान्ह लगभग ३:५० बजे दीक्षान्त समारोहमा भाग लिनेछन्। त्यसपछि साँझ ४:५० बजे समारोह स्थलदेखि प्रस्थान हुनेछन्।