ट्रकको चपेटमा पर्दा युवकको मृत्यु

IMG-20230410-WA0169.jpg

उत्तर दिनाजपुरः किशनगञ्ज-बहादुरगञ्ज स्टेट हाईवेमा भएको सड़क दुर्घटनामा एक युवकको मृत्यु भएको छ। घटना शनिवार अबेर रातिको हो। मृतक युवकको नाम मोहम्मद लड्डन (२५) बताइएको छ। स्थानीय सूत्रहरू अनुसार, किशनगञ्जदेखि बहादुरगञ्ज गइरहेको एउटा ट्रकले युवकको बाइकलाई जोडले हिर्कायो। जसबाट युवकको घटनास्थलमै मृत्यु भयो। घटनापछि स्थानीय मानिसहरूले ट्रक चालकलाई समाए औं घटनाको जानकारी कोचाधामन थाना पुलिसलाई दिए।

सूचना पाएर कोचाधामन थाना प्रभारी आरिज आफताब समेत अन्य पुलिसकर्मी घटनास्थलमा पुगेर स्थितिलाई सम्हाले। यसपछि शवलाई किशनगंज सदर अस्पतालमा पठाइयो। पुलिसले ट्रक चालकलाई हिरासतमा लिएको छ।

About Author

Advertisement