पञ्चायत चुनावलाई लिएर घुम्ती चियाबारीमा भागोप्रमोको सांगठनिक सभा

IMG-20230423-WA0289.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टि घुम्ती चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पञ्चायत चुनाव कमिटी र घुम्ती बुथ स्तरीय कमिटीको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा घुम्ती चियाबारीको अादर्श श्रमिक कल्याण भवनमा चानकुमार प्रधानको अध्यक्षता र प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो घुम्ती चियाबारीको पदाधिकारीवर्ग, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन, भूतपूर्व सैनिक संगठन लगायत अन्य भातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित रहेका थिए।

उक्त सभालाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, भागोप्रमो घुम्ती बुथ कमिटीको सचिव बसन्त राई र बुथ कमिटीको सभापति श्यामकुमार खवासले वक्तव्य राखेका थिए। उक्त सभामा वक्ताहरूले आगामी पञ्चायत चुनाव विषयमा चर्चा परिचर्चा गर्दै पञ्चायत चुनावमा पार्टीको सांगठनिक गतिविधि तेज गरेर लाने साथै चुनावमा पार्टीलाई जिताउन आह्वान् गरिएको छ। यसै सभामा घुम्तीको बुथ नम्बर २६१ को बुथ स्तरीय कमिटीमा केही फेर बदल गर्दै सभापतिको रूपमा श्यामकुमार खवास, सचिवको रूपमा निलेस खवास अनि अन्यलाई कार्यकारी सदस्यहरू चयन गरिएको छ। त्यसरी नै यसै बुथको नारी शक्ति बुथ सभापति निलम राई र सचिव रञ्जना खवास चयन भएका छन्।

आजको घुम्तीको दुईवटा बुथहरूलाई लिएर गरिएको सांगठनिक सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै घुम्ती बुथको सचिव बसन्त राईले विस्तृत रुपमा जानकारी गराउँदै आज घुम्ती चियाबारीको बुथ कमिटी २६१ र २६२ लाई लिएर आगामी पञ्चायत चुनावलाई लिएर सांगठनिक सभा सम्पन्न भएको छ। यसै सभामा नै बुथ नम्बर २६१ कमिटीको फेरबदल गरिएको जानकारी गराएका छन्। उनले आगामी पञ्चायत चुनावलाई लिएर पार्टीगत रूपमा सांगठनिक सभा सम्पन्न भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement