खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा तीनधारे चियाबारीको चारवटा घरहरूलाई खतरा भएको रूख काट्ने कार्य सम्पन्न भएको छ। तीनधारे चियाबारीको डाँड़ा गाउँमा रहेको चारवटा घरहरू नजिक रहेको ठूलो रूखले धेरै खतरा सिर्जना भएको थियो। उक्त ठूलो रूखको कारणले उक्त घरका मानिसहरू रातभरि सुत्न नसक्ने अवस्थामा रहेको थियो। उक्त रूखको खतरालई हेरेर स्थानीयहरूले पञ्चायत स्तरीय चुनाव कमिटीको संयोजक युवराज प्रधानको सहयोगमा क्षेत्रीय सभासद नवराज छेत्रीलाई र गुहार लगाएका थिए अनि लिखित रूपमा पनि निवेदन गरिएको जानकारी प्राप्त भएको छ। स्थानीयहरूका माग अनुसार सभासद नवराज छेत्रीले पहल गर्दै विभागको सहयोगमा उक्त रूख काट्ने कार्य आज सम्पन्न भएको छ। उक्त ठूलो बरको रूख काट्ने समय सभासद नवराज छेत्री आफै उपस्थित रहेका थिए भने संयोजक युवराज प्रधान र विभागीय पदाधिकारीहरू पनि उपस्थित रहेका थिए।

उक्त रूख काटिएपछि स्थानीयहरूले क्षेत्रीय सभासद नवराज छेत्रीलाई धन्यवाद दिएका छन्। स्थानीयहरूका पक्षमा रोशन तामाङले क्षेत्रीय सभासद नवराज छेत्री र विभागप्रति आभार प्रकट गरेका छन्। उनले बताए अनुसार हामीले धेरै अघिदेखि नै यो रूखको डरले गर्दा रातभरि सुत्नु नपाएको साथै डरसरि बस्नु परिरहेको थियो तर अब यो ठूलो रूख काटिएपछि धेरै ढुक्क भएको बताएका छन्।