सिलगढी: सीपीआई (एम) युवा संगठनले,एउटा पार्टीको कार्यक्रममा पुलिसले पक्राउ गरेका वामपन्थी कार्यकर्ताहरूको रिहाई लगायत चार बूँदे माग गर्दै आइतबार सिलगढी महानगरीय पुलिस थाना अगाडि थाना घेराउ गरे। यससँगै वामपन्थी युवा सङ्गठनले उत्तर बङ्गाल मेडिकल कलेजमा सुरक्षा व्यवस्था सुधार गर्न माग गर्दै सशक्त विरोध प्रदर्शन गर्यो। आइतबारको विरोध प्रदर्शन सँगै सिलगढी थानामा एक ज्ञापनपत्र पनि बुझाए। उल्लेखनीय छ कि सीपीआई (एम) युवा संगठनको तर्फबाट ४ बुँदे मागलाई लिएर उत्तर बङ्गाल लगायत राज्यका विभिन्न थानामा घेराउ र धर्ना प्रदर्शन भइरहेका छन। यसै अन्तर्गत संगठनको सिलगढी शाखाले सिलगढी थाना घेराउ कार्यक्रम गरी ज्ञापनपत्र बुझाएको बताईएको छ।