कालियागञ्जको स्थिति अझै तनावपूर्ण

0b2793b7-a0d0-4731-871c-e75b6cdfcd61

उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको कालियागञ्ज अन्तर्गत साहेबघाटमा भएको एक बालिकाको बलात्कार पछिको हत्याकाण्डले इलाकामा तनावको वातावरण व्याप्त छ। मुख्य आरोपीलाई पक्राउ गर्ने माग गर्दै स्थानीयवासीहरूले चर्को आवाज उठाईरहेका छन्। यस क्षेत्रका दोकान,व्यापार-व्यवसायहरू सबै बन्द छन्। स्थितिलाई नियन्त्रण गर्न ठूलो संख्यामा पुलिस बल र बीएसएफलाई घटनास्थलमा तैनात गरिएको छ।
यसैबीच भाजपा अनुसूचित जाति मोर्चाका प्रदेश अध्यक्ष सुदीप आदित्य दास मृतकको परिवारका सदस्यहरूलाई भेट्न कालियागञ्ज साहेबघाटको गंगुआ गाउँ पुगे। भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले पनि शनिबार गाउँ पुगेर पीडित परिवारलाई भेटे। राष्ट्रिय बाल संरक्षण आयोगको राज्य इकाईले पनि शनिवार पीडित परिवारसॅंग भेटघाट गरे।

About Author

Advertisement