उत्तराखण्ड: केदारनाथ धाममा हिमपात कारण रोकियो यात्रीहरूको पञ्जीकरण

IMAGE_1677295049.jpeg

ऋषिकेश: उत्तराखण्डको उच्च पर्वतीय क्षेत्रमा भइरहेको ताजा हिमपातले चारधाम यात्रालाई पनि प्रभावित पारिरहेको छ। हिमपातकै कारणले केदारनाथ धाम जाने श्रद्धालुहरूको अफलाइन पञ्जीकरण रोकिएको छ। गढ़वाल मण्डलका अप्पर आयुक्त नरेन्द्र सिंह क्यूरियालले यसको पुष्टि गरेका छन्। अप्पर आयुक्त नरेन्द्र सिंह क्यूरियालले भनेका छन्, ‘केदारनाथ धाम क्षेत्रमा हिमपात भएको कारणले बाटो बन्द भएको छ। यसैले यो फसेला लिइएको होl’ हाल केदारनाथ धामको दर्शनको लागि आइतबार ऋषिकेश र हरिद्वारमा अफलाइन पञ्जीकरण हुनेछैन। दुवै कार्यालयका प्रभारीहरूलाई यस सम्बन्धमा सूचित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement