वर्षाका कारण बङ्गाललाई प्रचण्ड गर्मीबाट राहत

IMG-20230410-WA0169.jpg

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाता समेत सम्पूर्ण राज्यमा शनिबार साझँपछि शुरू भएको हल्का वर्षाका कारण भीषण गर्मीबाट राहत प्राप्त भएको छ।
मौसम विभागको तर्फबाट आइतबार जारी बयानअनुसार, कोलकातामा १.२ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। आइतबार पनि बादल छाएको छ भने दिनभरि रोकिन्दै पानी परिरहनेछ, जसबाट गर्मीबाट पाउनेछ। अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री बढी छl न्यूनतम तापक्रम २४ डिग्री सेल्सियस छ, जुन सामान्यभऩ्दा दुई डिग्री कम रहेको छ।
कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया समेत अन्य जिल्लाहरूमा पनि पानी परेको छ, जसले गर्दा गर्मीबाट केही राहत पाउनसकेको छ। मौसम विभागका अनुसार, आउँदो हप्तादेखि एक पल्ट फेरि तापक्रममा वृद्धिको क्रम शुरू हुनेछ अनि हल्का वर्षा हुने क्रम पनि जारी रहनेछ, जसले गर्दा गर्मीबाट राहत पाउन सकिनेछ।

About Author

Advertisement