जकार्ता: इण्डोनेशियामा भूकम्पको तीव्र झटका महसूस गरियो। यूरोपियन मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (यूएमएससी) का अधिकारीहरू अनुसार, इण्डोनेशियामा आइतबार बिहान लगातार दुईपल्ट भूकम्पको झटका महसूस गरियो। रिक्टर स्केलमा यसको तीव्रता ६.१ र ५.८ मापिएको छ। अधिकारीहरूका अनुसार आइतबार बिहान केपुलुआन बाटूमा दुईपल्ट भूकम्पले धरती थर्कियो। रिक्टर स्केलमा पहिलो झटकाको तीव्रता ६.१ थियोl यसको केही घण्टापछि आएको झटकाको तीव्रता ५.८ थियो। पहिलो भूकम्प ४३ किमीको गहराइईमा अनि दोस्रो ४० किमीको गहराइमा थियो। भूकम्पको कारण अहिलेसम्म कुनै प्रकारको जनधनको क्षति भएको समाचार छैन। गएको बुधबार पनि इण्डोनेशियामा भूकम्पको झटका महसूस गरिएको थियो। रिक्टर स्केलमा यसको तीव्रता ४.४ मापिएको थियो।