२३ अप्रेलः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा अण्डर-१७ फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आउँदो ७ मईदेखि शुरु हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यस नक्आउट टुर्नामेण्टमा प्रत्येक स्थानबाट केवल एउटा टीमलाई स्थान दिइनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति पञ्जीकरण शुल्क २५०० रुपियाँ तोकिएको छ।
सम्पर्क नम्बरः
८५०९४०७४९२, ८२५०६९२१४६, ६२९४९७५६३१