ला लीगाः रियल म्याड्रिडको लगातार दोस्रो जीत

IMG-20230423-WA0042.jpg

२३ अप्रेलः स्पेनिश ला लीगा फूटबलमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले लगातार दोस्रो जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियलले सेल्टा विगोलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू-मा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट मार्को असेन्सिओले ४२औं मिनटमा गोलको खाता खोले। त्यसपछि एडेर मिलिटाओले ४८औं मिनटमा अझ एक गोल गरी स्कोर २-० पुऱ्याए। यस जीतको साथ रियल ३० वटा म्याचमा ६५ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी १२औं स्थानमा रहने सेल्टा विगोसँग ३६ पोइण्ट रहेको छ। यसरी नै रियल सोसिएदादले रायो भाल्लेकान विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। रियल सोसिएदाद अहिले ५४ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। नवौं स्थानमा रहने रायो भाल्लोकानोसँग ४० पोइण्ट रहेको छ। ला लीगाका अन्य म्याचहरूमा ओसासुनाले रियल बेटिसलाई ३-२-ले, एथलेटिक क्लबले अल्मेरियालाई २-१-ले अनि भाल्लाडोलिडले गिरोनालाई १-०-ले पराजित गऱ्यो। एस्पानयोल र काडिजबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

Advertisement