२३ अप्रेलः ईंग्लिश प्रीमियर लीग फूटबलमा आर्सनल लगातार तेस्रो म्याचमा ड्र-को सम्मुखीन भयो। यसरी लिभरपूलले चाहिँ नटिंघम फरेष्ट विरुद्ध रोमाञ्चक जीत हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले साउथम्प्टन विरुद्ध म्याच जसोतसो ३-३-ले ड्र गऱ्यो। प्रीमियर लीगको जारी सीजनमा सबैभन्दा कमजोर टीम साबित भएको साउथम्प्टन विरुद्ध एक समय त आर्सनल हारको नजिक पुगिसकेको थियो तर बुकायो साकाले ८०औं मिनटमा गोल गरी आफ्नो टीमलाई हार्नदेखि बचाए। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ७५ प्रतिशत पोजेशनको साथ खेले पनि आर्सनलले शुरुमै २ गोल खायो। कार्लोस अल्काराजले पहिलो अनि थिओ वालकोटले १४औं मिनटमा गोल गरी साउथम्पटनलाई २-०-को बढ़त दिलाए। त्यसपछि गेब्रिएल मार्टनेल्लीले २०औं मिनटमा आर्सनललाई पहिलो गोल दिलाए पनि डुजे कालेटा-कारले ६६औं मिनटमा गोल गरी साउथम्प्टनलाई ३-१-ले अघि पारे। चरम दबाउको परिस्थितिमा आर्सनलले अन्तिम समयमा लगातार २ गोल गरी म्याच ड्र गऱ्यो। होम टीमबाट मार्टिन ओडेगार्डले ८८औं र बुकायो साकाले ९०औं मिनटमा गोल गरे। यस ड्र पछि प्रीमियर लीग टेबलको शीर्ष स्थानमा रहने आर्सनलको ३२ वटा म्याचमा ७५ पोइण्ट पुग्यो तर म्यानचेष्टर सिटीसँग आउँदो म्याचहरूमा असल प्रदर्शन गरी शीर्ष स्थान हासिल गर्ने मौका रहनेछ। सिटीसँग अहिले ३० वटा म्याचमा ७० पोइण्ट रहेको छ। यसरी साउथम्प्टन २५ पोइण्टको साथ २०औं स्थानमा रहेको छ।
यसरी नै लिभरपूलले नटिंघम फरेष्ट विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ८२ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट डिओगो जोटाले ४७औं र ५५औं मिनटमा २ गोल गरे। त्यसपछि नेको विलियम्सले ५१औं र मोर्गन गिब्स-व्हाइटले ६७औं मिनटमा लगातार २ गोल गर्दा नटिंघम फरेष्टले २-२-को बराबरी हासिल गऱ्यो। अन्तमा अनुभवी मोहामेद सालाहले ७०औं मिनटमा गोल गरी लिभरपूललाई जीत दिलाए। लिभरपूल अहिले ३१ वटा म्याचमा ५० पोइण्टको साथ सातौं स्थानमा रहेको छ। नटिंघम फरेष्ट चाहिँ २७ पोइण्टको साथ १९औं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा फूलहामले लीड्स युनाइटेडलाई २-१-ले अनि लिस्टर सिटीले वूल्भ्सलाई २-१-ले पराजित गऱ्यो। क्रिस्टल प्यालेस र एभर्टनबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। यसरी नै एस्टन भिल्ला र ब्रेण्टफोर्डबीचको म्याच पनि गोलरहित (०-०) ड्र-मा समाप्त भयो।