राजधानीमा पिउने पानीको संकटलाई दुर्भाग्यपूर्ण: सीएपी

FB_IMG_1681668491827.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) ले राजधानी गान्तोकमा पिउने पानीको संकटलाई दुर्भाग्यपूर्ण बताएको छ। सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, राजधानी गान्तोक पिउने पानीको हाहाकारमा जिउँदै छ।

मानिसहरू तीनदिनदेखि सडकमा लाम लागेर पानी थाप्न आतुर देखिन्छन्। पहाडी इलाकामा प्राकृतिक गडबडी भएर कोही बखत यस्ता सामान्य घटना घट्नु स्वाभाविक भए तापनि राजधानीमा पिउने पानीसम्म नहुनु दुर्भाग्यपूर्ण हो।

सीएपीले दार्जीलिङ र कालेबुङमा पिउने पानीको आपूर्तिको समस्या सुन्दै आएको, तर गान्तोकमा यस्तो हुनु निराशाजनक रहेको बताएको छ। विज्ञप्ति अनुसार, युटिलिटिमा सिन्टेक्स राखेर पानीको आपूर्ति गर्न खोजे तापनि यो सबैलाई पर्याप्त छैन। कतिपय इलाका जस्तै तादोङ, मेट्रो पोइन्ट, ग्रिन्डेल, डाँडा गाउँ, देवराली आदि स्थानहरूमा समयमा पानीको गाडी नआएको स्थानीय मानिसहरूको गुनासो जान्नमा आएको छ।

सीएपीले सरकारी अस्पताल र प्राइभेट क्लिनिक औ एसटीएनएम तथा मणिपालमा समेत पानीको समस्या देखापरेको बताएको छ। अर्कोतिर, सीएपीले यस विषयमा स्थानीय प्रशासन र सरकार गम्भीर नभएको आरोप लगाउॅंदै यसलाई चिन्ताको विषय बताएको छ। सीएपीले भनेको छ, सरकारले वैकल्पिक पिउने पानीको प्रबन्ध जुटाउनु पर्छ। गान्तोकको सेलेप ट्याङ्कीको मात्रै भर गर्दा भविष्यमा अझै ठूलो सामना गर्नुपर्ने हुनसक्छ। अहिले मध्ये बर्षाको सिजन समेत होइन औ सम्बन्धित विभाग र प्रशासन समयमै सचेत रहनुपर्दछ। होटेल ब्यबसाय र कतिपय कार्यलयमा पानी ठप्प रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement