कवि निलम गुरुङ बनिन् पहिलो द पोयट आइडल

IMG-20230422-WA0305.jpg

मुख्यमन्त्री प्रेमसिंह तामाङले दिए गुरूङलाई शुभकामना

गान्तोक: छिमेकी मुलुक नेपालमा आयोजित पहिलो द पोयट आइडल सिजनको विजेता बनेकी छन्। उनले आफ्ना सम्पूर्ण प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै उक्त उपाधि हत्याउन सफल बनेकी छन्। पुरस्कारस्वरूप उनले ट्रफीसँगै १० लाख रुपैया प्राप्त गरेकी छन्। नेपालको एपी ०१ एचडी टेलिभिजनद्वारा आयोजित द पोयट आइडलको पहिलो सिजनमै यसरी उपाधि हत्याएर सिक्किमसँगै सिक्किमेली जनसमुदायलाई गुरूङले गौरान्वित तुल्याएकी छन्। उनको यस उपलब्धिप्रति राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले खुशी व्यक्त गर्दै बधाई एवं शुभकामना दिएका छन्। शुक्रवार राति आयोजित फिनालेमा कवयित्री निलम गुरुङ विजेता घोषित हुनसाथै मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो फेसबूक पेजमार्फत उनलाई बधाई एवं शुभकामना दिएका छन्। मुख्यमन्त्री तामाङले कवि गुरूङको उपलब्धि अतुलनीय जीत रहेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। आफ्नो सन्देशमा मुख्यमन्त्री तामाङले भनेका छन्, हामीले उनको प्रत्येक दिनमा गरेको उत्तम कार्यलाई देखेका छौं, जसबाट उनलाई यो उपलब्धि पनि हासिल हुन सकेको छ। यसको लागि उनी योग्य फाइनलिस्ट पनि हुन्। उनले जीत हासिल गरेकोमा मलाई अति नै खुशी लागेको छ। कवि नीलमको जीत, हामी सबैको लागि एउटा गर्वको क्षण हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement