गान्तोक: मार्तममा आयोजित पाँचौ स्टेट स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले जनाए सहभागिता। यस अवसरमा विन विभाग मन्त्री कर्मा लोडे भोटिया, विधायक सोनम भेञ्चोङपा, खादी बोर्डकी अध्यक्ष छुङछुङ भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले सहभागीहरूको शक्ति, दृढ संकल्प र भावनाको प्रशंसा गरे। उनले एसएसएलएले प्रतिभाको सही दिशामा उपयोग गरी राज्यलाई गौरवान्वित बनाएर उत्कृष्ट काम गरिरहनुपर्ने आग्रह गरे। आफ्नो प्रतिभालाई केन्द्रित गर्नु र पहिचान गर्नु धेरै महत्त्वपूर्ण कुरा रहेको उनले अवगत गराए। उनले स्ट्रेन्थ लिफ्टिङमा महिला खेलाडीको सहभागिताको लागि संस्थाको खुलेर प्रशंसा पनि गरे। राज्यपालले स्ट्रेन्थ लिफ्टिङ शारीरिक बल मात्र नभएर मानसिक बलियोपन र अनुशासनमा पनि जोडिएको हुने बताए। यो शिखर प्रदर्शन प्राप्त गर्न समर्पण, प्रशिक्षण, र कडा परिश्रमको आवश्यकता रहेको जानकारी गराए। उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सहयोग गर्न सबैलाई आग्रह गर्दै सामुदायिक भावना देखाउने र राज्यको नाम रोशन गर्ने यो अवसर प्राप्त भएको बताए। यस अवसरमा राज्यपालले एसएसएलए राजभवनको तर्फबाट एक लाख प्रदान गरे।