सिलगढी बार एसोसिएशनको चुनाउमा तृणमूल र सीपीएम बीच कुनै गठबन्धन नरहेको जानकारी

23-17-48-Capture10-2.png

सिलगढी: सिलगढी बार एसोसिएशनको चुनाउमा तृणमूल र सीपीएममा कुनै गठबन्धन गरिएको छैन भन्ने जानकारी सीपीएमका जिल्ला सचिव समन पाठकले आज पत्रकार सम्मेलनको आयोजना गरेर दिए। सिलगढी बार एसोसिएशनको चुनाउ २९ अप्रेलमा सम्पन्न हुनेछ। बार एसोसिएशन सदैव वाम-कङ्ग्रेसको दखलमा छ। यसपल्टको चुनाउमा वाम र तृणमूलबीच गठबन्धन हुनसक्ने राजनीतिक वृत्तमा अडकल लगाएको छ। तथापि, सीपीएमका जिल्ला सचिव समन पाठकले यो अडकल सत्य होइन भनी बताए। तिनले आज पत्रकार सम्मेलनको आयोजना गरेर बार काउन्सिल चुनाउमा तृणमूल- सीपीएमको गठबन्धनलाई लिएर लगाइएको अडकलबाजी पूर्ण रूपमा निराधार रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement