सुनाखरी साहित्य नारी समूहको आयोजनामा कवी गोष्ठी

00-1-IMG-20230422-WA0279

सिलगढी: सुनाखरी साहित्य नारी समूह नारी हस्तक्षारहरूलाई लिएर गठन गरिएको एउटा संस्था हो। नारी हस्तक्षारहरू थुप्रै भए तापनि धेरै नै ओेझेलमा परेकाहरू छन्। नयाँ कलमहरूलाई  पनि लिएर अघि बढीरहेका छन्। भविष्यमा यस संस्थाले  धेरै योजनाहरू तयार गरेको छ। यसलाई कसरी अघि बडाउन पर्ने बारे धेरै चिन्तित भएको कारण नै कदम चालेका हुन्।  धेरै साहित्यिक कार्यक्रमहरू गर्दै आएका भए तापनि हालमा भने सबै आआफ्ना काममा व्यस्त भएका हुनाले त्यति ठूलठूला कार्यक्रमहरू गर्न सकिरहेका छ‌ैनन्, तर पनि यस्तै अन- लाइन साहित्यिक गोष्ठीहरू गर्दै आइरहेका छन्।

यस्ता विचार भएकाहरू हामी माझ हाम्रा समाजमा कमै पाउँछौं। यस सगंठनले यति ठूलो काम गरिरहेको देख्दा खुशी  लाग्छ। यसरी नै नारीहरू पनि अघि बढ्नसके धेरै साहित्य क्षेत्रमा अघि बढ्न सकिन्छ। यसका संस्थापकहरूमा देविका मंग्राती राई , तारा छेत्री, सरोजनी देवान र मीना लामा राई हुन्। २०८० वैशाख नयाँ वर्षको उपलक्ष्यमा  शुभकामना आदानप्रदान गर्दै मातातीर्थ औंसीमा सम्पूर्ण आमाहरूलाई सम्झना गर्दै  देविका मंग्राती राईको संचालनमा कवि गोष्ठी आयोजना गरियो। धेरै स्रोताहरूक बीचमा देविका खवास, तारा छेत्री, देविका मंग्राती राई, सरोजनी देवान, द्वारिका बराईली, गीता थापा, मोनिका प्रधान, निर्जला घिसिङ, आलोक खवासले कविता वाचन गरे।

About Author

Advertisement