मेडिकल कलेजको प्रसुति विभागमा कठोर सुरक्षा व्यवस्था

05_04_2022-north-bengal-medical-colleg_22600692.jpg

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल (एनबीएमसीएच) को प्रसुति विभागबाट नवजात शिशु चोरी भएको थियो।यस घटनापछि प्रसूति विभागमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। प्रसूति विभागमा एउटी महिला र एकजना पुरुषलाई सुरक्षाकर्मी तैनाथ गरिएको छ। टिकटबिना तथा निर्धारित समयपछि कसैलाई पनि प्रसुति विभागमा प्रवेश गर्ने अनुमति छैन। अर्कोतिर, प्रसुति विभागमा जाने परिवारका सदस्यहरूको जाँच गरिरहेको छ। सुरक्षालाई ध्यानमा राखेर प्रसुति विभाग बाहिर सीसीटीभी क्यामारा जडान गरिएको छ। घटनाक्रम अनुसार गत दुई दिनअघि मेडिकल कलेजको प्रसुति विभागबाट नवजात शिशु चोरी भएको थियो। चोरीको ४८ घण्टा बितिसक्दा पनि हालसम्म नवजात शिशु उद्धार भएको छैन। उक्त घटनापछि मेडिकल कलेजमा सुरक्षा व्यवस्था बढाएकोमा रोगीको परिवारका सदस्यहरू निक्कै खुसी छन् भने तिनीहरूले केही प्रश्न खडा गरेका छन्। रोगीको परिवारका सदस्यहरूले बताएअनुसार कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। यो निक्कै राम्रो कदम हो यहीँ सुरक्षा व्यवस्था पहिला किन गरिएन? यदि पहिला नै मेडिकल कलेजब प्रबन्धक सचेत भएको भए नवजात शिशु चोरी हुने थिएन। नानी चोरी भएपछि मात्र प्रबन्धनलाई आफ्नो जिम्मेवारी महसुस भयो। यस प्रकारको सुरक्षा व्यवस्था सदैव कायम राख्ने तिनीहरूले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement