मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा सबैलाई ईदको शुभकामना

831918e3-ea24-41e0-8b05-469af0c504c9

कोलकता: मुख्यमन्त्री ममता ब्यनर्जीले यहाँको रेड रोडमा शनिवार बिहान आयोजित ईदको नमाजमा सामेल भएर सबैलाई ईदको शुभकामना दिइन्। मुख्यमन्त्रीसित उनको भतिजा तथा तृणमूल कंग्रेस महासचिव अभिषेक ब्यनर्जी पनि उपस्थित थिए। यस अवसरमा ममताले भनिन्, सबैजना शान्तिले बस्नुहोस्। कसैको फकाई-फुस्लाईमा नआउनुहोस्। भाजपाले बंगालमा अशान्ति उत्पन्न गर्ने कोशिश गरिरहेको छ। म कुनै पनि प्रकारले बंगालमा अशान्तिलाई सहन गर्ने छुइनँ। केन्द्र सरकारमाथि आरोप लगाउँदै ममताले भनिन्, लोकतन्त्र गएपछि सबै कुरा नै जान्छ। आज देशको संविधान र इतिहास फेरिरहेको छ। केन्द्रले एनआरसी ल्याउने कुरा गऱ्यो, तर म केही हुन दिने छुइनँ। म झुक्दिनँ। हामी सामना गर्नेछौं, डराउने छैनौं। उनले भनिन्, यदि कसैले यो ठान्छन् भने कि मुस्लिम भोट मबाट भत्किनेछ, यो सम्भव छैन।

आगामी वर्ष २०२४-मा सम्पन्न हुने लोकसभा चुनाउमा केन्द्रमा सत्ता परिवर्तनको लागि मतदान गर्ने अनुरोध गर्दै मुख्यमन्त्री ब्यनर्जीले अघि भनिन्, भाजपाले विभाजनको राजनीति गर्दछ। एक वर्षपछि लोकसभा चुनाउ छ। सरकारमा को रहन्छ, को रहँदैन त्यो तय हुनेछ। आगामी लोकसभा चुनाउमा तपाईहरू सबै मिलेर मतदान गर्नुहुनेछ। मुख्यमन्त्रीले सबैलाई एकजुट हुने सन्देश दिँदै भनिन्, यदि तपाईहरू सबै एकबद्ध हुनुभयो भने केन्द्रको सत्ता परिवर्तन हुनसक्छ। केन्द्रमाथि जाँच एजेन्सीहरूको दुरूपयोग गरेको आरोप लगाउँदै ममताले भनिन्, हामीले केन्द्रिय जाँच एजेन्सीहरूको पनि सामना गर्नुपर्छ। हामीलाई अझ बढ़ी सताउने छन्, तर हामी लड़्नको लागि तयार छौं। अभिषेकले पनि यसो भन्दै भाजपामाथि लक्षित गरे कि जसले देशलाई विभाजन गर्न चाहन्छ त्यस्ताहरूको अन्त राम्रो हुनेछैन। उनले भने, देशलाई विभाजन गर्न चाहनेहरूको अवस्था के हुन्छ त्यो त आगामी दिनहरूले नै निर्धारण गर्नेछ। कतिपय मानिसहरूले धर्मको नाममा मतभेद सृजना गर्ने प्रयास गरिरहेका छन्। प्रलोभनमा नफस्नुहोस्। बंगालमा धर्मको नाममा कुनै भेदभाव छैन। यसैले बंगाल अन्य सबै राज्यहरूभन्दा भिन्न छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement