ग्राहकहरूका विभिन्न समानहरूको सुगम परिवहनको निम्ति लगातार पहल

a65a99bb-e22d-4c73-ae0e-1cbfe8e0e2d3

गुवाहाटीः माल परिवनहलाई अझ् अधिक राम्रो बनाउनका लागि पूर्वोत्तर सीमा रेल (पूसीरे) ले ग्राहकहरूका विभिन्न समानहरूको सुगम परिवहनको निम्ति लगातार पहल गरिरहेछ। यसबाट स्थानीय अर्थव्यवस्थाको विकासको साथै ट्रान्सपोर्टरहरूलाई व्यापक स्तरमा लाभ हुने अनुमान छ। पूसीरेका सीपीआरओले शनिवार जानकारी गराए, ग्राहक इन्टरफेसमा सुधार एवं माल परिवहनलाई अझ् अधिक बढ़ाउनका लागि स्टोन चिप्सको ह्याण्डलिङको निम्ति लमडिङ मण्डलको अधीन मयनारवन्द स्टेशनलाई विकसित गरिएको छ। रणनीतिक विपणन प्रयासहरूको कारण स्टोन चिपको पहिलो रेक २१ मार्चमा लोड गरिएको थियो। यस बाहेक भारत-नेपाल सीमामा इण्डियन कस्टम यार्ड (आईसीवाई) र नेपाल कस्टम यार्ड (एनसीवाई) को संचालनको निम्ति एक समझौता ज्ञापनलाई जोनल स्तरमा अन्तिम रूप दिइयो। भारत र नेपालबीच सीमा पारी ट्रेफिक आवागमनलाई संचालित गर्नका लागि २९ मार्चमा कस्टम, इरकोन र रेलवेले संयुक्त त्रिपक्षीय निरीक्षण गऱ्यो।
यस बाहेक योजनाबद्ध विपणन प्रयासहरूको कारण, अलीपुरद्वार मण्डलबाट आलू लोड गरिएको ८.५ रेक बुक गरियो, जसबाट मार्च २०२३ मा अतिरिक्त माल बोकाई राजस्व प्राप्त भयो। ग्राहक इन्टरफेसमा सुधार र नयाँ टर्मिनलहरू खोलिन्दा मालगाड़ीहरूको लोडिङ र अनलोडिङ बढ्नेछ। यसको परिणामस्वरूप आउने वर्षहरूमा पूसीरेको राजस्वमा उल्लेखनीय वृद्धि हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement