राष्ट्रीय महिला क्रिकेटर अनि राष्ट्रीय हक्की टीमका पूर्व कप्तानलाई नागरिक अभिनन्दन

80aee656-83ce-42ed-9d90-91d9b9ce58bc

सिलगढी: विश्व कप विजेता महिला क्रिकेटर ऋचा घोष र भारतीय हक्की टीमका पूर्व कप्तान भरत छेत्रीलाई सिलगढी नगर निगमको तर्फबाट अभिनन्दन जनाइएको छ। शनिबार सिलगढीको दीनबन्धु मञ्चमा आयोजित एक कार्यक्रममा मेयर गौतम देव,उप -मेयर रञ्जन सरकार ,चेयरमेन प्रतुल चक्रवर्ती लगायत मेयर परिषद्लेले औपचारिक रूपमा अभिनन्दन जनाएका हुन्। उक्त कार्यक्रममा खेलकुद प्रेमी तथा नगरका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । नागरिक सम्मान पाएकोमा ऋचा र भरत दुवैले ख़ुशी व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement