ज्यान दिन तयार छु, तर देश टुक्रा हुन दिन्न: ममता ब्यानर्जी

मुख्यमन्त्री ममता ब्यानर्जीl फाइल फोटो

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले केही व्यक्तिले घृणाको राजनीति खेलेर देश टुक्र्याउने प्रयास गरिरहेको बताएकी छन्। भाजपालाई निशाना बनाउँदै उनले आफू ज्यान दिन तयार रहेको, तर देश टुक्राउन नदिने बताइन्। मुख्यमन्त्री ममता ब्यानर्जी कोलकाताको रेड रोडमा ईदको नमाजका लागि भेला भएका मानिसहरूसँग कुरा गरिरहेकी थिइन्। उनले नमाजका लागि आएका मुस्लिमहरूलाई एकतावद्ध हुन र २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) को पराजय सुनिश्चित गर्न आग्रह गरिन्। भाजपाले देशको संविधान परिवर्तन गरेको आरोप लगाउँदै, उनले भनिन्, ‘पश्चिम बङ्गालमा नागरिकहरूको राष्ट्रिय दर्ता लागू हुन दिनेछैनl म पैसा शक्ति र केन्द्रीय एजेन्सीहरू (मेरा राजनीतिक प्रतिद्वन्द्वीहरू) सँग लड्न तयार छु, तर म मेरो शिर झुक्न दिन्नl’ तृणमूल कांग्रेसले केन्द्रीय एजेन्सीहरूले राजनीतिक उद्देश्यका साथ आफ्नो पार्टी विरुद्ध कारबाही गरेको आरोप लगाएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘हामी बङ्गालमा शान्ति चाहन्छौं। हामी दङ्गा चाहँदैनौं। हामी शान्ति चाहन्छौं। हामी देशमा विभाजन चाहँदैनौं। आज ईदमा वाचा गर्छु, ज्यान दिन तयार छु. तर देश टुक्रा हुन दिन्नl’

About Author

Advertisement