सिलगढी: माँ वैष्णो देवी दरबार सेवा समितिद्वारा आउँदो २३ अप्रेलको दिन सिलगढीको अग्रसेन भवन, खालपाडामा चतुर्थमा माँ वैष्णो देवी अमृत महोत्सवको आयोजना हुँदैछ। यसदिन बिहान ८ बजे अग्रसेन भवनबाट शोभायात्रा र झाँकी पनि निकालिनेछ।झाँकी सञ्चालन तानिया एण्ड ग्रुप,कोलकताले गर्नेछ। यसदिन शोभायात्रा पछि अपराह्न ४ः१५ बजे भजनामृतवर्षा कार्यक्रम सुरु हुनेछ ।
विशेष अतिथिका रूपमा मुजफ्फरपुरका प्रीतम चक्रधारी, भोपाल शहरकी निशा द्विवेदी र सिलगढीका विकास पारीक उपस्थित रहने छन् । यो कार्यसूची जनताको पहुँचमा पुऱ्याउन आज माँ वैष्णोदेवी दरबार सेवा समितिको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।









