थाना परिसरमा मै कन्स्टेबलले आफूलाई गोली हान्यो

1500x900_1493522-biswanath.jpg

बिश्वनाथ: बिश्वनाथको बिहाली पुलिस स्टेशनमा शुक्रवार एक कन्स्टेबलले थाना परिसरमा आफ्नो सर्विस ५.५६ इन्सास राइफलले आफूलाई गोली हिर्काएर आत्महत्या गरेको छ। मृतक कन्स्टेबल ललित तेरङ निवासी गहपुरले थानाको ब्यारेकको पछिल्लो हिस्सामा आज बिहान आत्महत्या गरेको छ। बिहाली पुलिस स्टेशनको एक कन्स्टेबलले बिहान बेरकको पछाड़ी मृत कन्स्टेबलको मृतदेह देख्यो। यसबीच मजिस्ट्रेटको उपस्थितिमा मृतदेहलाई पोस्टमार्टमको निम्ति पठाइएको छ। बिश्वनाथका अतिरिक्त पुलिस अधीक्षक कुलेन्द्र नाथले भने, घटनाको जाँच शुरू गरिएको छ। अर्कोतिर, परिजनहरूले यस घटनाको उच्च जाँचको माग गरेका छन्। यद्यपि, कन्स्टेबलको आत्महत्याको कारणहरूको पत्तो लागेको छैन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement