जीवन कृष्णले अभ्यर्थीहरूबाट करोड़ौ रूपियाँ असूली गर्यो

IMG-20230410-WA0169.jpg

कोलकाता: केन्द्रिय जाँच एजेन्सी (सीबीआई) ले भर्ती भ्रष्टाचार मामिलामा पक्रा परेको मुर्शिदाबादको बरवानबाट तृणमूल विधायक जीवन कृष्ण साहालाई लिएर ठूलो दाबी गरेको छ।सीबीआईले अदालतलाई बतायो, उसले जीवन कृष्णसित सम्बन्धित धेरै अहम दस्तावेज उद्धार गरेको छ। उसले नौकरी उम्मेदवारहरूबाट करोड़ों रूपियाँ असूली गर्यो। सीबीआईको दाबी छ, कृष्ण यस सिलसिलामा एजेन्टको रूपमा काम गर्थ्यो। अर्थात् उसले नौकरी चाहनेहरूबाट पैसा असूली गर्ने गर्थ्यो र त्यस पैसालाई अन्यहरूलाई पठाउनेगर्थ्यो। यस मामिलामा अन्य आरोपितहरूद्वारा असूली गरिएको पैसा पनि केन्द्रिय एजेन्सीहरू कहाँ पुगेको छ ।सीबीआईले अदालतलाई भन्यो, जीवनसित अझ अधिक सोधपुछ हुनु बाकी छ। उसले मोबाइललाई पोखरीमा फ्याँकेर साक्ष्य नष्ट गर्ने प्रयास गर्यो। यसैले सीबीआईले तृणमूल विधायकलाई सोधपुछको निम्ति अझ पाँच दिन आफ्नो हिरासतमा राख्न चाहन्छ। सीबीआईका उकीलले यस सम्बन्धमा कोर्टमा अर्जी दिएका थिए। त्यही, जीवनका उकीलले जमानतको अर्जी दर्ता गरेका छन्।

About Author

Advertisement