आपातकालमा जेल जानेहरूलाई पेन्शनको निम्ति राज्य सरकारलाई आभार व्यक्त

IMG-20230410-WA0169.jpg

गुवाहाटी: आपातकालमा जेल जाने आन्दोलनकारीहरूलाई पेन्शन दिने राज्य सरकारको फसेलाको लोक संघर्ष समितिले स्वागत जनाउँदै मुख्यमन्त्री डा. हिमत बिस्व सरमाको आभार व्यक्त गरेको छ। संगठनका महासचिव बिपिन चन्द्र कलिताले आज एक बयानमा संगठनको तर्फबाट सरकारलाई धन्यवाद जनाउँदै भने, देशमा आपातकाल लगाइएको समय भारतका विभिन्न हिस्साहरूका साथै असममा लोकतन्त्र बचाउनका लागि लोकतन्त्र सेनानीहरूले तत्कालीन सरकारको विरोध गरे, जसले गर्दा १५ महिना देखि २३ महिनासम्म जेलहरूमा रहे।उल्लेख्य, असम सरकारले १९ अप्रेलमा क्याबिनेट बैठकमा आपातकालमा लोकतन्त्रको बहालीको निम्ति आन्दोलनमा भाग लिने लोकतन्त्र सेनानीहरूलाई मान्यता दिनका साथै उनीहरूलाई मासिक १५००० रूपियाँको पेन्शन दिने फसेला लियो संगठनको तर्फबाट भनियो, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा र मन्त्रीपरिषद यसको निम्ति धन्यवादको पात्र हुन्। लोक संघर्ष समितिले यस फसेलामा सन्तोष व्यक्त गर्यो। यस निर्णयले लगभग ३०० परिवारको अनुहारमा खुशी आएको छ। संगठनले भनेको छ, यस सम्बन्धमा नगर विकास एवं आवास मन्त्री अशोक सिंघलले पनि आफ्नो पूरा सहयोग दिँदै समितिको पूर्ण सहयोग गरेका छन्, यसको निम्ति मन्त्री सिंघलको पनि संगठनले आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement