खरसाङ अागामी जीटीए चुनावमा खरसाङ क्षेत्रको मुस्लिम माईनोरिटी समुदायले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको दाबी गरिएको छ। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुस्लिम नारी शक्तिको आयोजनामा खरसाङ महकुमा कार्यालयमा एक सभा खरसाङ क्षेत्रको मुस्लिम समुदायलाई सभा सम्पन्न भएको छ। उक्त सभा महम्मद अलीको अध्यक्षता र नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुनके सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा नै आगामी जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वारहरूलाई भोट गर्ने भएको बताइएको छ। यस सभालाई भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, सचिव भक्तिमान तामाङ आदिले वक्तव्य राखेका थिए। सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यसै सभामा खरसाङ क्षेत्रका मुस्लिम समुदायका मानिसहरूले भागोप्रमोले उठाएको उम्मेद्वारहरूलाई जिताउन भोट दिने वचन दिएको तथा खरसाङको मुस्लिम समुदाय पहिला पनि अनित थापाको पक्षमा रहेको र यसपालीको चुनावमा पनि उनकै साथमा रहेको बताइएको छ भनी भागोप्रमो खरसाङ टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले जनाएका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै मुस्लिम समुदायबाट फिरोज खानले आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मुस्लिम नारी शक्तिको आयोजनामा सभा सम्पन्न भएको र यसमा हामी मुस्लिम समुदाय मिलेर यसपाली पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र अनित थपालाई नै साथ दिने निर्णय गरिएको बताएका छन्। उनले हामी पहिला पनि अनित थापाको पक्षमा थियौं र यसपाली पनि उनकै साथमा रहेको साथै उनले गरेको गुण हामी बिर्सन्दैनौं भनी बताएका छन्।