जीटीए चुनावको मुखैमा सिटोङ- १ बाट १६ जना युवाहरु हाम्रो पार्टी त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल

IMG-20220619-WA0142.jpg

खरसाङ: जीटीए चुनावको माहोल भईरहेको समय पनि खरसाङ महकुमा अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत क्षेत्रका केही युवाहरू भने जीटीए चुनावको विरोध गर्दै गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। युवाहरूको एउटा समूहले आज जीटीए चुनाउमा पूरै तम-तैयारी साथ निस्किएका दललाई त्यागेर गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अन्तर्गत सिटोङ लाठपञ्जार समष्टि सिटोङ-१ मन्दिर टोल बञ्चरे डाँडाका १६ जना युवाहरु रहेको त्यस समुहले “हाम्रो पार्टी” त्यागेर गोर्खा जनमुक्ति मोर्चामा सामेल हुनुको कारण नै मोर्चाको जाति र माटोप्रतिको अडान रहेको स्पष्ट बताएका छन्। जाति र माटोप्रतिको पार्टी र पार्टी अध्यक्ष बिमल गुरुङको यसै अडानलाई ईमान्दारी पूर्वक साथ दिने ती युवाहरूले बताएका छन्।
सिटोङ लार्ट-पञ्चर समष्टि युवा मोर्चा सदस्य पुरण शेर्पा अनि युवा मोर्चा केन्द्रीय प्रवक्ता विकाश खवासको अगुवाईमा कालेबुङ जिल्ला पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरुङले खदा लगाएर ती युवाहरूलाई पार्टीमा स्वागत् जनाए। कार्यक्रममा कालेबुङ जिल्ला समिति महासचिव निमा तामाङ, सांगठनिक सचिव दिपेन माले साथै केन्द्रीय सदस्य उमा शंकर पौड्याल, प्रवीण रहपाल, सोनाम याखा अनि दिपेन निरौला पनि उपस्थित रहेको थियो।

About Author

Advertisement