हाम्रो पार्टीको युवा इकाईले शहरमा टाँस्यो पोस्टर

IMG-20230419-WA0211.jpg

“चुनावको निम्ति फर्जी परिक्षा गराएर पैसा उठाउँने नयाँ सोंच नयाँ विचार हाय हाय”

दार्जीलि²ङ: चुनावको निम्ति फर्जी परिक्षा गराएर पैसा उठाउँने नयाँ सोच नयाँ विचार हाई हाई आदि जस्ता लेखिएका पोस्टरहरू हाम्रो पार्टीको युवा इकाईले शहरको चोक बजारका भित्तामा टाँसेको छ। यसै संदर्भमा हाम्रो पार्टी युवा इकाईका बरिष्ठ कार्यकर्ता राप्गे राईले आरोप लगाउँदै भने,आजभन्दा दुई बर्षअधि जीटीए प्रशासनले दार्जीलिङ पहाडमा फर्जी टेट परिक्षा गराएको थियो, त्यससमय गराएको टेट परिक्षा फर्जी रहेको हामीलाई संदेह थियो तर हामीसंग त्यसको प्रमाण थिएन तर त्यस समयको जीटीए प्रशासक एंव बर्तमान जीटीए चीफले एक सभालाई सम्बोधन गर्ने क्रममा, टेट परिक्षा गराउने प्रयास गरेका थियौ तर विफल भएको बताएका थिए। जीटीए चीफको उक्त सम्भाषण सामाजिक संजालहरूमा भाइरल पनि भईरहेको छ।
जीटीए चीफको उक्त सम्भाषणले जीटीएले गराएको टेट परिक्षा फर्जी रहेको प्रमाणित भएको राईले बताए।यसै संदर्भमा जीटीएका पूर्व प्रशासक विनय तामाङले एक अन्तरवार्तामा टेट परिक्षा कस्तो प्रकारले गराएको थियो अनि त्यसमा सामेल रहेका नेतृत्वहरूको नामसमेत सर्वजनिक गरीदिएका छन, राईले बताए। तिनले अधि भने, केही दिन अघिमात्र मैले मेरो समष्टिको सभासदका माध्यमद्वारा जीटीए चीफ समक्ष एक पत्राचार गरेको थिए। उक्त पत्रमा जीटीए द्वारा गरिएको टेट परिक्षा विफल भएको हो भने परिक्षार्थीहरूको परिक्षाशुल्क फिर्ता गरिनुपर्छ भन्ने मांग गरेको छु, राईले भने। उनले अझै भने – मैले पठाएको पत्र जीटीए मुख्यालय लाल कोठीले १० अप्रैलको दिन प्राप्त गरेको जानकारी छ तर आज ९ दिन नाघीसक्दा पनि जीटीए मुख्यालयले मेरो पत्रको कुनै जवाफ दिएको छैन।तिनले अधि भने, त्यस समयको पार्टीले टेट परिक्षाको नाममा हाम्रा युवा भाइ-वहिनीहरूको भविष्यसंग खेलवाड गर्ने काम गरेको छ।जीटीएद्वारा आयोजना गरेको टेट परिक्षामा ४४ हजारभन्दा धेरै परिक्षार्थीहरूले अंशग्रहण गरेका थिए।परिक्षार्थीहरूले भूक्तान गरेको परिक्षा शुल्कमा दुई बर्षको ब्याज मिलाएर परिक्षार्थीहरूलाई फिर्ता गरिनुपर्ने राप्गे राईले मांग गरेका छन।जीटीए चीफलाई हामीले पत्राचार गरीसकेका छौ तर त्यसको प्रतिउतर हामीले पाएका छैनौ अनि हामीले यस संदर्भमा पूनः स्मरण पत्र पठाउने योजना बनाएका छौ साथै स्कूल बोर्डलाई पनि यसबारे ज्ञापनपत्र चढाउने योजना बनाएका छौ, राप्गे राईले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement