आरोपित प्रीतम शर्मा १४ दिनको पुलिस रिमाण्डमा

Rapist.jpg

गान्तोक: पाङथाङमा भएको नाबालिग हत्याकाण्डका आरोपित प्रीतम शर्मालाई १४ दिनको पुलिस रिमाण्डमा लिइएको छ। २९ वर्षीय आरोपित शर्मालाई मंगलवार न्यायालयमा पेश गरिएको थियो। उल्लेखनीय छ, प्रीतम शर्मालाई ११ वर्षीय नाबालिगको हत्याको आरोपमा पक्राउ गरिएको छ। आरोपितले नाबालिगमाथि यौन उत्पीड़न गरेपछि हत्या गरेको आरोप छ। सिक्किम पुलिसले हत्याकाण्डको ७२ घण्टाभित्र आरोपितलाई पक्राउ गर्न सफल बनेको थियो ।पेशाले चालक आरोपित शर्मा मूलरूपमा बिहारको समस्तिपुर निवासी रहेको बताइएको छ।

About Author

Advertisement