वाराणसीः प्रभु श्रीरामका भक्तहरूको लागि खुशीको खबर छ। रामनगरी अयोध्यामा भगवान रामको जन्मस्थानमा निर्माणाधिन दिव्य भव्य मन्दरिमा भगवान रामको बाल स्वरूपको प्रतिमामा प्राण प्रतिष्ठा गर्ने तयारी शुरू भएको छ। श्रीरामजन्मभूमि तीर्थ क्षेत्र न्यासको मागमा काशीका विद्वानहरूले सम्भावित तिथि २२ जनवरीको शुभ साइत निकालेका छन्।
प्राण प्रतिष्ठाको साइतको लागि श्रीरामजन्मभूमि तीर्थ क्षेत्र न्यासका कोषाध्यक्ष गोविन्द देव गिरी महाराजले काशीका दिग्गज विद्वान गणेश्वर शास्त्री द्राविड़सित तीनवटा साइत मागेका छन्। आगामी वर्ष २०२४-को १५ जनवरीदेखि २५ जनवरीभित्रमा यी साइतहरू जुराउन भनिएको थियो। गणेश्वर शास्त्री द्राविड़ले २२ जनवरी, २०२४ -को साइत जुरेका छन्। श्री राम जन्मभूमि तीर्थ क्षेत्र न्यासले मागेको समयमा साइत निकाल्नको लागि गणेश्वर शास्त्रीले अध्ययन गरेपछि समय निकालेका छन्। रामघाटस्थित वल्लभ राम शालिग्राम सांगवेद विद्यालयका वेंकटेश्वर द्राविड़ले यसको पुष्टि गरेका छन्। उनले बताए, वर्ष २०२४-को फरवरीमा पनि मुहूर्त पाइरहेका छौं। उल्लेखनीय छ कि ज्योतिषविद आचार्य गणेश्वर शास्त्री द्राविड़ले नै जन्मस्थानमा भगवान रामको भव्य मन्दिरको शिलान्यासको लागि साइत जुराएका थिए। यसै साइत ५ अगस्त, २०२०-मा प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान रामको मन्दिरको आधारशिला राखेका थिए। आचार्य गणेश्वर शास्त्री द्राविड़द्वारा जुराइएको साइतमै श्रीराम मन्दिरको भूमि पूजन औ शिलान्यास प्रधानमन्त्रीले गरेका थिए। त्यसबेला शास्त्री द्राविड़द्वारा जुराइएको साइतलाई लिएर चर्को विरोध भएको थियो। तथापि सबै विरोधहरूलाई किनारा लगाउँदै भूमिपूजन अनि शिलान्यासको कार्यक्रम ५ अगस्तमै गरिएको थियो।










