गौविज्ञान अनुसन्धान केन्द्रद्वारा बरेली संस्थानको रिपोर्ट खारेज

NS-1

नागपुर: उत्तर प्रदेशको बरेलीस्थित पशु विज्ञान संस्थानका शोधकर्ताहरूले गत साता दाबी गरेका थिए, गौमूत्रमा ई-कोलीसहित १४ प्रकारका हानिकारक ब्याक्टेरिया हुन्छन् जसले गर्दा गौमूत्रलाई सोझै पिउनु स्वास्थ्यको लागि हानिकारक हुनसक्छ। शोधकर्ताहरूको यस दाबीलाई नागपुरको पारशिवानीस्थित ‘गौविज्ञान अनुसन्धान केन्द्र’- ले खारेज गरिदिएको छ।

भारतीय पशु अनुसन्धान संस्थान (आईवीआरआई) देशको एउटा प्रसिद्ध पशु अनुसन्धान संगठन हो। यस संस्थानका भोजराज सिंह सहित तीन पीएचडी विद्यार्थीहरूले यहाँ शोध गरेका छन्। तथापि भारतमा गौमूत्रलाई पवित्र मानिने भए पनि प्रत्यक्ष मानव उपभोगको लागि यो उपयुक्त वा सुरक्षित छैन। गाई-गोरी, भैंसीको मूत्रमा कतिपय हानिकारक ब्याक्टीरिया हुन्छन्। यस शोध रिपोर्टमा भनिएको छ, यी ब्याक्टेरियाहरूले मान्छेको पेटमा प्रवेश गरेर विभिन्न किसिमका रोग वा संक्रमणहरूलाई बढ़ाउन सक्छ। तर भारतमा केही विशेषज्ञहरू आईवीआरआईको यस दाबीसित सहमत छैनन्।

नागपुर जिल्लाको पारशिवानीस्थित गौविज्ञान अनुसन्धान केन्द्रले बरेलीका यी शोधकर्ताहरूको यस दाबीलाई गलत बताएका छन्। यस सम्बन्धमा आफ्नो मत राख्दै राष्ट्रीय कामधेनु आयोगका पूर्व सदस्य सुनील मानसिंहकाले भने, ‘गौविज्ञान अनुसन्धान केन्द्रले विगत २८ सालदेखिको गौमूत्रमाथि शोध गर्दै आइरहेको छ। गौमूत्र केही बिमारीहरूको औषधि हो। यसमा नीरी सहित अन्य संस्थाहरूले पाँच ‘पेटेंट दिएका छन्। देशका केही चिकित्सक र आयुर्वेदिक डाक्टरहरू समेत आफ्ना रोगीहरूलाई गौमूत्रलाई औषधिको रूपमा प्रयोग गर्ने सल्लाह दिँदछन्। यसबाट धेरैजना रोगीहरू निको भिसकेका छन्। गौमूत्र क्यान्सर जस्तो रोगहरूको पनि रामवाण उपचार हो।

About Author

Advertisement