१९ अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा दिल्ली क्यापिटल्सको शुरुवात खराब रहेको छ अनि टीमले अहिलेसम्म ५ वटा म्याच खेलेर सबै हारेको छ। टीमको खराब प्रदर्शनबीच यसपाली केही खेलाड़ीहरूका ब्याट, प्याडसहित १६ लाख रुपियाँको समान चोरी भएको छ। एउटा रिपोर्टअनुसार, बेंगलुरुबाट दिल्ली यात्रा गर्दा समानहरू चोरी भएको थियो अनि खेलाड़ीहरूका किट ब्याग उनीहरूका होटल रूममा पुऱ्याइएपछि यसबारे पत्तो लाग्यो। चोरी गरिएको समानहरूमा अधिकांश नै ब्याट थियो। कप्तान डेविड वार्नर र फिल सल्टको ३-३ अनि मिचेल मार्शको २ वटा ब्याट हराएको छ। भारतका युवा क्रिकेटर यश ढुलको पनि ५ वटा ब्याट चोरी भएको छ। यसको साथमा केही खेलाड़ीहरूका जुत्ता, ग्लभ्स, प्याड अनि अन्य समानहरू पनि चोरी भएको छ। दिल्ली क्यापिटल्सका एकजना अधिकारीले भने, यो अचम्भको कुरा हो। प्रत्येक खेलाड़ीको ब्यागबाट कुनै न कुनै समान चोरी भएको छ। यस्तो पहिलोपल्ट भएको छ। यसबारे रसद विभाग, पुलिस र पछिबाट एयरपोर्टमा रिपोर्ट गरियो अऩि मामिलाको जाँच चलिरहेको छ।








