उत्तर बंगालमा रियल इस्टेट कारोबारको अपार सम्भावना छ: रविन्द्र जैन

6e2aac85-99f8-4cc3-a852-fbcff46b137f-1

सिलगढी: उत्तर बंगालमा रियल इस्टेट कारोबारका अपार सम्भावनाहरू छन्। धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सीमाना नजिक भएको र प्राकृतिक सौन्दर्यले भरिएको उत्तर बङ्गालमा घर-जग्गा व्यवसाय दिन-प्रतिदिन फस्टाउँदै गएको छ। एक विशेष अन्तर्वार्तामा रियल इस्टेट कारोबारसँग आवद्ध नगरका प्रतिष्ठित निर्माण व्यवसायी तथा समाजसेवी रवीन्द्र जैनले यस्तो बताएका हुन्। उनले, घरजग्गा व्यवसायको दृष्टिकोणले उत्तर बङ्गाल क्षेत्र निकै महत्वपूर्ण रहेको बताए। यस क्षेत्रको विकासमा सरकारका मन्त्री, मेयर र प्रशासनिक अधिकारीहरू निकै सक्रिय छन्। उनले भने, विगत २० वर्षमा उत्तर बंगालमा जति तीव्रगतिमा विकास भएको छ, भारतको अन्य कुनै भागमा भएको छैन। यो आफैमा महत्त्वपूर्ण छ। रवीन्द्र जैनले उत्तर बङ्गालमा विभिन्न धर्म र जातीका मानिसहरू बसोबासो गर्ने र तिनीहरू स्वभावले धेरै राम्रो र मेहनती रहेको बताए। उनले उत्तर बङ्गाललाई देशकै सबैभन्दा सुन्दर र मनोहर भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement