अवैध देशी मदिरासहित एकजना पक्राउ

638a1eb2-1d43-4cbb-a991-1e8dfd997ac8

सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा मतिगडा थाना पुलिसले मतिगडा थाना क्षेत्रको भङ्गापुल क्षेत्रमा छापा मारेर अवैध देशी मदिरासहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम हदीस अली, उमेर ४४ वर्ष हो।पुलिस स्रोतका अनुसार उक्त व्यक्तिले लामो समयदेखि उक्त क्षेत्रमा अवैध मदिरा कारोबार गर्दै आएको थियो। खबर पाएलगत्तै हिजो दिउँसो पुलिसले उक्त क्षेत्रमा छापा मारेर देशी मदिरासहित हदीस अलीलाई पक्राउ गरेको हो। अलीलाई आज बुधबार सिलगढी महकुमा अदालतमा पठाइएको छ। मतिगडा पुलिस चौकीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement