सिटिजन एक्सन पार्टीको पाकिममा समन्वय बैठक सम्पन्न

Untitled-1-copy-108

गान्तोकः सिटिजन एक्सन पार्टीको पाकिम जिल्ला कार्यकारी परिषदको प्रथम समन्वय बैठक आज रम्फूमा आयोजन गरियो। पार्टीका उपाध्यक्ष (राष्ट्रिय समन्वय) लाक्पा शेर्पाको अध्यक्षता आयोजित बैठकमा जिल्लाका पॉंच निर्वाचन क्षेत्रका अध्यक्षहरू तथा अन्य पदाधिकारीहरू उपस्थित थिए।

समन्वय बैठकमा जिल्लामा पार्टीलाई सुदृढ़ बनाउन विभिन्न विषयहरूमाथि चर्चा परिचर्चा गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। सोही सन्दर्भमा प्रस्ताव पनि ग्रहण गरिएको बताइएको छ। सिटिजन एक्सन पार्टीले सबै स्तरमा पार्टीलाई सुदृढ बनाउन राज्यका सबै जिल्लाहरूमा बैठकहरू आयोजन गरिरहेको कुरा विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement