माम्लेमा स्वास्थ्य सचेतना कार्यक्रमसम्पन्न

Screenshot_20230418_224822_Samsung-Internet.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत माम्लेमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको आयोजना माम्ले हेल्थ एण्ड वेलनेस सेन्टरको सहयोगमा माम्ले जीपीयूका पञ्चायतगण र माम्ले कामराङ जिल्ला पञ्चायत प्रादेशिक समष्टिका जिल्ला पञ्चायत सदस्यले गरेका थिए ।कार्यक्रममा जिल्ला पञ्चायत सदस्य मिलन मंगर मुख्य अतिथि रहेका थिए। कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य माम्ले जीपीयूलाई क्षय रोग मुक्त जीपीयू बनाउन रहेको थियो। यस उद्देश्यलाई मध्यनजरमा राखेर पुरूष वर्ग र महिला वर्गको म्याराथन पनि राखिएको थियो।म्याराथन कामराङ कलेज फाटकदेखि माम्लेसम्म भएको थियो। यस दौडमा प्रथम, दोस्रो र तेस्रो हुने धावकहरूलाई पुरस्कारको रूपमा नगद राशि प्रदान गरियो। कार्यक्रममा सीएचओ मनिसा प्रधानले स्वास्थ्य विषय सचेतना गराएकी थिइन्।
कार्यक्रममा ग्रामीण विकास विभागका सहायक निर्देशक कुमार थापा, पञ्चायत सभापति कृष्णकुमार मङ्गर, स्थानीय पञ्चायतगण आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement