गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम र पूर्वोत्तर राज्यका यूपीएसी आकांक्षीहरूसॅंग आज दिल्लीको आर्य प्रतीभा विकास संस्थानमा भेट गरे।
यस भेट अवधि राज्यपालले विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरे भने जन सेवाको संवर्धनका लागि सकारात्मक पाइला चाल्न प्रोत्साहित गरे। उनले नागरिक सेवालाई आफ्नो पेशाको रूपमा अपनाउन र प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट प्राप्त गर्न युवाहरूलाई पनि प्रोत्साहित गर्न आह्वान गरे। राज्यपालले विद्यार्थीहरूलाई समाज अनि राष्ट्रको सुधारको निम्ति काम गर्न सुझाउ दिए।









