महानदी निवासी अनिस तामाङले जिते गोर्खा श्री २०२३

IMG-20230417-WA0244.jpg

भविष्यमा अभिनय र मोडलिङमा करियर बनाउने इच्छा

खरसाङ: महानदीको अनिस तामाङ गोर्खा श्री २०२३ को विजेता बनेका छन्। गोर्खा सांस्कृतिक संस्थान खरसाङको तत्त्वावधानमा तीन दिवसीय नेपाली नयाँ वर्ष समारोह अन्तर्गत तेस्रो दिन खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित गोर्खा श्री प्रतियोगितामा जम्मा १० जना प्रतियोगीहरूलाई पराजित गरी गोर्खा श्री २०२३ को विजेता बनेका छन्। खरसाङ महकुमा अन्तर्गत महानदीको तिरसठ लाइन निवासी सुजन तामाङ र प्रेमी तामाङको सुपुत्र अनिस तामाङले उक्त उपाधि जितेका हुन्। अनिस तामाङले निर्णायकहरू अनु दास, सत्यता प्रधान र आशा मुखिया लामाले हाम्रो संस्कृति भन्नाले के बुझ्छौ भनी सोधिएको प्रश्नको उत्तर पनि दिएका थिए।

अनिस तामाङ वर्तमानमा सिलगढी कलेज अफ् कमर्शमा वाणिज्य विषय लिएर दोस्रो वर्षमा अध्ययनरत् छन्। एक प्रश्नको उत्तरमा अनिस तामाङले आफु मोडलिङ क्षेत्रमा नै लागि परेको र अभिनयमा धेरै रूचि भएकोले भविष्यमा अभिनय र मोडलिङमा नै आफ्नो करियर बनाउन सोचेको पनि बताएका छन्। उनले भविष्यमा राष्ट्रीय र अन्तर्राष्ट्रीय मञ्चहरूमा मौका पाएको खण्डमा आफु तयार रहेको पनि बताएका छन्।

About Author

Advertisement