बेपत्ता टोटो चालक कल्भर्टमुनि झुण्डिएको अवस्थामा फेला

86c5be3f-6c3a-4c21-b564-e795af3b5fa0

जलपाइगढी: सडकमुनिको कल्भर्टबाट एक किशोरको झुण्डिएको शव फेला परेको छ। घटना राजगञ्जको माझियाली क्षेत्रको हो । यो घटनाले जलपाइगढी राजगञ्जमा हलचल मच्चाएको छ । मृतकको नाम सोहर अली (१७) रहेको बताइएको छ । उनको घर राजगञ्जको नीचपाडा क्षेत्रमा छ। पारिवारिक स्रोतका अनुसार किशोरले करिब २ वर्षदेखि टोटो चलाउँदै आएका थिए । आइतबार दिउँसो घरबाट निस्किएका उनी राति घर फर्किएनन् । सोमबार बिहान झुण्डिएको अवस्थामा भेट्टाइएको उनको शवमाथीं स्थानीयको नजर परेको थियो । खबर पाएलगत्तै राजगञ्ज पुलिस घटनास्थल पुगेको थियो । राजगञ्ज पुलिस चौकीका आईसी पंकज सरकारले प्रारम्भिक अनुमानमा यो एक आत्महत्या हुनसक्ने बताए। मृतकका परिवारजन सबै दैनिक ज्यालादारीमा काम गर्ने गरेको कुरा मृतकका बुबा जैनुल हकले बताए । छोरासँग किन यस्तो घटना घट्यो, उनले बुझ्न सकेका छैनन् । जैनुल हकले घरमा कुनै किसिमको अशान्ति पनि नभएको बताए । यो घटना आत्महत्या हो वा हत्या हो ,त्यसबारे घटनाको अनुसन्धान भइरहेको पुलिसले जनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement