असहाय वृद्धालाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री प्रदान

Screenshot_20230417_190918_Samsung-Internet.jpg

फुलबारी: सिलगढीका समाजसेवी मदन भट्टाचार्यले फुलबारीका असहाय वृद्धा मिनती बर्मनलाई नयाँ लुगाफाटा तथा खाद्य सामग्री प्रदान गरे। तिनले लगभग १४ वर्षदेखि फुलबारीको पश्चिम धनतला निवासी मिनती बर्मनले हेरचाह गर्दै आइरहेका छन्। प्रत्येक ३ महिनाको अवधिमा तिनी आफै गएर खाद्य सामग्री लगायत आवश्यक सर समानहरू दिने गर्दछन्। बङ्ग्ला नयाँ वर्षको अवसरमा तिनले आज वृद्धा मिनतीलाई ३ महिनाको लागि खाद्य सामग्री लगायत नयाँ लुगा पनि प्रदान गरे। यस विषयमा मदन भट्टाचार्यले भने, आज आफू फुलबारीको मिनती बर्मन घरमा गएर तिनलाई नयाँ लुगाफाटा लगायत ३ महिनाको लागि खाद्य सामग्री प्रदान गरे। गत २००९ देखि आफूले उक्त वृद्धाको भरणपोषण गर्दै आइरहेको छु। प्रत्येक ३ महिनाको अन्तरमा खाद्य सामग्री लगायत वृद्धालाई चाहिने अन्य आवश्यक सर समानहरू प्रदान गर्दै आइरहेको छु। तिनी जति दिनसम्म जीवित रहनेछन् तबसम्म तिनको भरणपोषणको दायित्व पालन गरिरहने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement