गान्तोकः सिटिजन एक्सन पार्टी (सीएपी) का प्रमुख समन्वयक गणेश राईको अगुवाईमा पार्टी कार्यकर्ताहरूले शनिवार उत्तर सिक्किमको गुरुदोङमार लेक भ्रमण गरेर प्रार्थना गरेका छन्।
सीएपी टीम १५ अप्रेल बिहान गुरुदोङमार लेक पुगेर पूजा-अर्चना गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। बाटोमा प्रमुख समन्वयक राईले सेना र पर्यटकहरूसॅंग अन्तरक्रिया गरे। पर्यटकहरूले बाटोको दुरावस्थाप्रति गुनासो पोखेको बताइएको छ।
राज्यको एउटा प्रसिद्ध पर्यटन गन्तव्य, जहॉं वर्षेनी हजारौंको संख्यामा पर्यटकहरू जाने गर्छन् त्यहॉं हेल्प सेन्टर नरहेको सीएपीले बताएको छ। सीमा क्षेत्रमा तैनात सेनाले भने उत्कृष्ट सेवा पुऱ्याइरहेको उल्लेख सीएपीले सेनाको कार्यको सराहना गरेको छ।